मेरो जन्म काठमाडौँको मुटु ईन्द्रचोकमा भएको हो। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष भएपश्चात १२ कक्षा सकिएलगत्तै मैले नौ वर्ष पर्यटन व्यवसायमा आवद्ध भएर नेपालमा रहेका पर्यटकिय सम्भावनाहरूलाई नजिकबाट नियाल्ने अवसर पाएँ । मैले न्यूयोर्क स्थित Asset Management Company द्वारा मुस्ताङमा संचालित कालीगण्डकी कोवांग जलविद्युत परियोजनामा प्रोजेक्ट म्यानेजर रहेर दुई वर्ष काम गरेँ ।
तत्पश्चात, मैले UN climate change program CDM (Clean Development Mechanism) को Project Developer को कार्यभार सम्हालेँ । सो प्रोजेक्ट अन्तर्गत हामीले मुस्ताङको ६५ घरमा सोलार वितरण गर्यौँ र कालापानीको बाटोमा सोलार बत्ति जडान गर्नुका साथै ३००० स्थानीय व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गर्यौँ । लगत्तै हामीले महोत्तरी जिल्लाका ७००० व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरेका थियौं। मैले तीन वर्ष तराईको एउटा ५० सैया भएको अस्पतालमा कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेँ ।
२०७२ सालको महाविनासकारी भूकम्पमा सक्रिय रुपमा स्वयंसेवक र राहत एवं उद्धारमा संलग्न भएकोले नेपाल स्काउटद्वारा दुई पटक र नेपाल रेडक्रसद्वारा एकपटक सम्मानित म बिगत एक दशक देखि संस्कृति र सांस्कृतिक सम्पदाहरुको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु।यसको साथै विभिन्न जात्रा-पर्वमा पनि म सक्रिय स्वयंसेवकको भूमिका निर्वाह गर्दै आएको छु। सामाजिक वातावरण संरक्षण अन्तर्गत 'एउटा रुख मेरो जिम्मेवारी' को संस्थापक सदस्य रहनुका साथै सुदुर पश्चिममा अपाङ्गता भएका बालबालिकाहरुको लागि होस्टेल निर्माणको लागि आर्थिक सहयोग जुटाउन पनि मैले प्रमुख भूमिका निर्वाह गरेको थिएँ ।
काठमाडौँ उपत्यकामा भएका सौर्य उर्जा जडित बस बिसौनिहरूको म सुरुवातकर्ता हुँ। मैले पूर्वको काकरभिट्टादेखि पश्चिमको धनगढीसम्म वातावरण मैत्री आर्थिक र सामाजिक बिकासको अध्ययन पनि गरेको छु ।
दिगो बिकास सहितको आर्थिक सम्बृद्धि, साँस्कृतिक एवम् प्राकृतिक सम्पदाहरूको संरक्षण र कल्याणकारी राज्य व्यवस्थापन नै मैले देखेको भावी नेपाल हो ।
0 comments:
Post a Comment